advertisement

विभागले बनाएको जडीबुटीयुक्त स्यानिटाइजरले एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण बोकेको छ । विभागले नै स्यानिटाइजर बनाएपछि बाहिर खोजेर हिँड्नुपर्ने झन्झटबाट कर्मचारी मुक्त छन् ।

" /> कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्यानिटाइजर नेपालमै बन्याे - Sarbocha Media

कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्यानिटाइजर नेपालमै बन्याे

`

     २०७६ चैत्र ०५ गते ४:५७

काठमाडौं, ५ चैत । नेपाली जडीबुटीबाट स्यानिटाइजर बनेको छ ।

वनस्पति विभागले नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजरको फर्मुलासँगै परीक्षण प्रयोग गरेको छ ।

कोरोना भाइरसबाट बच्न उपयोग गरिने अत्यावश्यक सामग्री स्यानिटाइजर नेपालमै बनेको हो । वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको जनाइएको छ। विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अवलम्बन गर्दै स्यानिटाइजर बनाएर आफैँ प्रयोग गरिसकेको विभागले जनाएको छ ।

advertisement

विभागले बनाएको जडीबुटीयुक्त स्यानिटाइजरले एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण बोकेको छ । विभागले नै स्यानिटाइजर बनाएपछि बाहिर खोजेर हिँड्नुपर्ने झन्झटबाट कर्मचारी मुक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?