राष्ट्रपति समक्ष लिए नवनियुक्त ५ राजदूतले शपथ

`

     २०८१ पौष ०८ गते १:१२

काठमाडौं, पुष ८ । नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा। शिवमाया तुम्बाहाङ्फे र भारतका निम्ति नेपाली राजदूत डा। शंकरप्रसाद शर्मालाई शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?