काठमाडौँ, पुस ७ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ।
सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको र सोही बराबरको बिगो मागदाबी गरेको हो।
सहकारी ठगीमै छविलाल जोशीविरूद्ध ५ करोठ २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको छ।




