भारतले मिचेको विरोधमा ‘कालापानी अभियान’ सुरु

`

     २०७६ मंसिर १२ गते २:३८

 

राष्ट्रिय जनमोर्चाले भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूमि मिचेको विरोधमा ‘कालापानी अभियान’ सुरु गरेको जनाएको छ ।

जनमोर्चाले नेपाली भूभाग भारतीय नक्सामा समेटेर नेपालको सार्वभौमिकता माथि गम्भीर हस्तक्षेप गरेको ठहर गर्दै उक्त अभियान शुरू गरेको जनाएको हो । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतीय साम्राज्यवादको उक्त कार्यको विरुद्धमा नेपालमा भइरहेका विभिन्न कार्यक्रममा हाम्रो ऐक्यबद्धता छ ।’

अभियान बुधवार सुरु भएर एक हप्तासम्म जारी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?