काठमाडौं, मंसिर २७ । साइबर अपराधको मुद्दामा पक्राउ परेका व्यापारी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालतले प्रसाईलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले धरौटी माग गरेको हो । यद्यपि प्रसाई तत्काल रिहा हुने छैनन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो भने उनीमाथि मुद्दासमेत दर्ता भएको थियो।




