नेप्से आज उच्च अङ्कले बढ्यो

`

     २०८१ मंसिर २६ गते ४:०४

काठमाडौँ, २६ मङ्सिर । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढेपनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?