काठमाडौं, १६ मंसिर । विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
यसरी शपथ लिने राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, साउदी अरबका लागि नेपाली राजदूत डा। नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रालेखा यादव रहेका छन् ।





