रवि लामिछानेलाई काठमाडौँ किन ल्याइएन, कारण यस्तो

`

     २०८१ मंसिर १२ गते ११:४६

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपनि कहिले ल्याउने भन्नेमा अन्यौलता देखिएको छ । मंगलबार नै लामिछानेलाई काठमाडौं ल्याउने तयारी थियो । तर, टिकट नपाएको भन्दै उनलाई पोखरा नै राखिएको छ ।

स्रोतका अनुसार काठमाडौंका एसएसपी वसन्त रजौरे बिदामा बसेको कारण पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई राजधानी ल्याउन विलम्व भएको हो । रजौरे आमा बिरामी भएको भन्दै छुट्टीमा बसेपछि रविको काठमाडौं यात्रा अनिश्चित बनेको स्रोतो भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?