काठमाडौं, १० मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंबाट पक्राउ गरेर प्रहरीले उनलाई पक्राउ गरेकै दिन गत कार्तिक २ गते कास्की लगिएको थियो ।
उनलाई यो बीचमा बयानका लागि रुपन्देही लगिएको थियो । अहिले प्रहरीले बयानका लागि काठमाडौं ल्याउने भएको छ । उनलाई भोलि जहाजमार्फत नै काठमाडौं ल्याईउने उच्च प्रहरी स्रोतको दाबी छ ।




