चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित

`

     २०८१ आषाढ १८ गते ३:४८

१७ असार । पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई बासस्थान बाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार विहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले भयानक क्षति पु¥याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?