काठमाडौं, असार १० । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
सोमबार बिहान परराष्ट्र मन्त्रालयका अनुसार उपविदेशमन्त्री वेइडोङसहित चिनियाँ प्रतिनिधि मण्डललाई परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरेका हुन् ।
उनी काठमाडौँमा मंगलबार हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन् ।




