काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनी केही समयअघि मात्रै रास्वपा केन्द्रीय कार्यालय बसुन्धारा, घण्टीघरमा पुगेका हुन् ।
रास्वापले पार्टी स्थापना दिवसको अवसर पारेर चियापान समारोह आयोजना गरेको हो ।




