ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

`

     २०८१ आषाढ ०६ गते १:५४

ताप्लेजुङ, ५ असार । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका आठ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए ।

‘बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?