काठमाडौँ, असार ५ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ ।
पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनबीच उच्च स्तरीय भेटवार्ता हुने बताइएको छ ।
गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो ।




