advertisement

बैठकको दोस्रो दिन नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम र मातृभाषामा शिक्षा अभियान अन्तर्गत मातृभाषामा शिक्षा विषयक प्रशिक्षण कार्यक्रम गरिएको थियो । नेतृत्व विकास सम्बन्धी दोर्पध्वज कुलुङ राईले  प्रशिक्षण दिएका थिए भने मातृभाषामा शिक्षा सम्बन्धि निराजन राई (बतास) ले  प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक दोर्पध्वज कुलुङले नेता काे हाे ? नेता कस्ताे हुनुपर्छ ? नेताले के गर्न हुन्छ ? के गर्न हुँदैन ? नेता कसरी जनतासामू जानुपर्छ ? भन्ने विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक निराजन राईले मातृभाषामा शिक्षा किन र कसरी दिइने ? शिक्षामा मातृभाषाकाे महत्वबारे प्रस्ट्याएका थिए ।

बैठककाले तेस्रो दिन जिल्लाको रिपोटिङ, संगठनको सविभागीय रिपोटिङ, आर्थिक तथा सांगठानिक प्रतिवेदन छलफल गरि १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गरिएकाे थियाे ।

किरावि संघले प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणकाे मगदेखि कोरोना भाइरसका कारण जनतामा आतंकित पार्ने कार्य र कोलोबजारी नियन्त्रणसम्मकाे माग गरेकाे छ ।

 यस्ता छन् १८ बुँदे घोषणा पत्र

१. प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषण गर ।

२. राष्ट्रिय जनगणना २०७८ को लागि जाति-महलमा राई, धर्ममा किरात र मातृभाषामा आ-आफ्नो भाषा लेखाउन पहल गरौं ।

३. बहुभाषिक विश्वविद्यालयको स्थापना गर ।

४. त्रि-भाषिक शिक्षा नीति पूर्णरुपमा कार्यन्वयन गर ।

५. मातृभाषा शिक्षा नीति लागु गर ।

६. मातृभाषा विषयको शिक्षक कोटा निर्धारण गर ।

७. स्थानीय पाठयक्रममा मातृभाषा विषय समावेश गर ।

८. संघका संस्थापक अध्यक्ष नवीन राईको अवस्था तत्काल सार्वजनिक गर ।

९. जननायक रामप्रसाद राईलाईै राष्ट्रिय विभुति घोषण गर ।

१०. किरातकालिन एतिहासिक गढी, थुम  र दरबारहरूकाे संरक्षण र सर्वद्धनकाे पहल गराैं

११. संयुक्त राष्ट्रिय घोषणा पत्र र आइएलओ १६९ लाई कार्यन्वयन गर ।

१२. किरात श्रृजंगा लिपी प्रयोग गरौं ।

१३. कोरोना भाइरसको जोखिमबाट बचौं ।

१४. कोरोना भाइरसका कारण जनतामा आतंकित पारेर कालोबजारी गर्ने कार्य नियन्त्रण गर ।

१५. शिक्षामा व्यापारीकरण अन्त्य गर ।

१६. संघलाई विवादित बनाई समूदाय विभाजित गर्ने कार्य तत्काल बन्द गर । संघको नाममा स्वघोषित अबैध झुण्डाप्रति सचेत बनौं । कोहि भ्रममा नपरौं ।

१७. सबै तहको सरकारमा हुँदै आएको भ्रष्ट र कमिसन बन्द गर ।

१८. सम्पूर्ण आदिवासी एक होऔं ।

 

" /> किरावि संघको केन्द्रीय समितिकाे बैठक भव्यताका साथ सम्पन्न, १८ बुँदे घोषणा पत्र सार्वजनिक - Sarbocha Media

किरावि संघको केन्द्रीय समितिकाे बैठक भव्यताका साथ सम्पन्न, १८ बुँदे घोषणा पत्र सार्वजनिक

`

     २०७६ चैत्र ०४ गते १:३१

सुनसरी, ४ चैत्र । किरात राई विद्यार्थी (किरावि)संघको केन्द्रीय समिति/परिषद बैठक भव्यताका साथ सम्पन्न भएको छ । धरानस्थित किरात राई यायोक्खाको कार्यलयमा फागुन ३० गतेदेखि शुरु भएको बैठक चैत्र २ गतेसम्म चलेको थियो ।

किरावि संघको केन्द्रीय अध्यक्ष जितेन राईकाे अध्यक्षतामा तीन दिनसम्म चलेको बैठकले १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गरेको छ । बैठकको पहिलो दिन किरात राई यायोक्खा (किराय)का केन्द्रीय उपाध्यक्ष तिलक राईको प्रमुख आतिथ्यता विभिन्न सांस्कृति कार्यक्रमका साथै शुभकामना मन्तव्य कार्यक्रम गरिएको थियो ।

बैठकलाई उद्घाटन गर्दै उपाध्यक्ष राईले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्नको लागि आन्दोलनको आँधिबेहेरी सिर्जना गर्नुपर्ने बताएका थिए । किरात कुनै जातिको नभएर इतिहास, भूगोल र सभ्यता भएकोले सबैलाई सर्व स्वीकार्य हुने राई भनाई थियो ।

कार्यक्रमको विषेश अतिथि किराया केन्द्रीय सचिव तथा संघको पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेशको नामकरणको लागि संघ शसक्त ढंगले लाग्नु पर्ने बताए । किराया केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहेका जम्नेलीले नेपाली राजनीतिक सामाजिक परिवर्तनमा राई समूदायको कुनै कमि नभएको उल्लेख गर्दै संघले समानुपाति/समावेशी राज्य व्यवस्था कायम निरन्तर लाग्नु पर्ने बताए ।

advertisement

बैठकको दोस्रो दिन नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम र मातृभाषामा शिक्षा अभियान अन्तर्गत मातृभाषामा शिक्षा विषयक प्रशिक्षण कार्यक्रम गरिएको थियो । नेतृत्व विकास सम्बन्धी दोर्पध्वज कुलुङ राईले  प्रशिक्षण दिएका थिए भने मातृभाषामा शिक्षा सम्बन्धि निराजन राई (बतास) ले  प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक दोर्पध्वज कुलुङले नेता काे हाे ? नेता कस्ताे हुनुपर्छ ? नेताले के गर्न हुन्छ ? के गर्न हुँदैन ? नेता कसरी जनतासामू जानुपर्छ ? भन्ने विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक निराजन राईले मातृभाषामा शिक्षा किन र कसरी दिइने ? शिक्षामा मातृभाषाकाे महत्वबारे प्रस्ट्याएका थिए ।

बैठककाले तेस्रो दिन जिल्लाको रिपोटिङ, संगठनको सविभागीय रिपोटिङ, आर्थिक तथा सांगठानिक प्रतिवेदन छलफल गरि १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गरिएकाे थियाे ।

किरावि संघले प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणकाे मगदेखि कोरोना भाइरसका कारण जनतामा आतंकित पार्ने कार्य र कोलोबजारी नियन्त्रणसम्मकाे माग गरेकाे छ ।

 यस्ता छन् १८ बुँदे घोषणा पत्र

१. प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषण गर ।

२. राष्ट्रिय जनगणना २०७८ को लागि जाति-महलमा राई, धर्ममा किरात र मातृभाषामा आ-आफ्नो भाषा लेखाउन पहल गरौं ।

३. बहुभाषिक विश्वविद्यालयको स्थापना गर ।

४. त्रि-भाषिक शिक्षा नीति पूर्णरुपमा कार्यन्वयन गर ।

५. मातृभाषा शिक्षा नीति लागु गर ।

६. मातृभाषा विषयको शिक्षक कोटा निर्धारण गर ।

७. स्थानीय पाठयक्रममा मातृभाषा विषय समावेश गर ।

८. संघका संस्थापक अध्यक्ष नवीन राईको अवस्था तत्काल सार्वजनिक गर ।

९. जननायक रामप्रसाद राईलाईै राष्ट्रिय विभुति घोषण गर ।

१०. किरातकालिन एतिहासिक गढी, थुम  र दरबारहरूकाे संरक्षण र सर्वद्धनकाे पहल गराैं

११. संयुक्त राष्ट्रिय घोषणा पत्र र आइएलओ १६९ लाई कार्यन्वयन गर ।

१२. किरात श्रृजंगा लिपी प्रयोग गरौं ।

१३. कोरोना भाइरसको जोखिमबाट बचौं ।

१४. कोरोना भाइरसका कारण जनतामा आतंकित पारेर कालोबजारी गर्ने कार्य नियन्त्रण गर ।

१५. शिक्षामा व्यापारीकरण अन्त्य गर ।

१६. संघलाई विवादित बनाई समूदाय विभाजित गर्ने कार्य तत्काल बन्द गर । संघको नाममा स्वघोषित अबैध झुण्डाप्रति सचेत बनौं । कोहि भ्रममा नपरौं ।

१७. सबै तहको सरकारमा हुँदै आएको भ्रष्ट र कमिसन बन्द गर ।

१८. सम्पूर्ण आदिवासी एक होऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?