विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

`

     २०८१ आषाढ ०४ गते ७:०४

काठमाडौं, असार ३ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा)–२१ को बैठकमा भाग लिन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग काठमाडौंमा आएका छन्।

उनले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन्।

(आइडा)–२१ को बैठक भोलि (मंगलबार)देखि काठमाडौंमा सुरू भएर चार दिनसम्म चल्नेछ।

भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?