काठमाडौं, असार ३ । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले फेरि तालाबन्दी गरेका छन् ।
केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने विश्वविद्यालयका शिक्षकहरूको करार अवधि थप गर्नुपर्ने, चिकित्सा शिक्षा अयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण हुनुपर्ने र ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने लगायत माग राख्दै नेविसंघ र अखिल क्रान्तिकारीले विश्वविद्यालयको मुख्य ढोकामा ताला लगाउनुको साथै रजिष्ट्रारको कुर्सी जलाएका छन् ।
केही दिनअघि नै माग राखेर रजिष्ट्रार माधव अधिकारीलाई भेटे पनि माग सम्बोधन नभएको भन्दै आइतबार रजिष्ट्रारको कुर्सी जलाएका थिए ।
संस्कृत विश्वविद्यालय, सेवा आयोगले २०७८ मा विज्ञापन खुलाएको थियो । तर विरोध र तालाबन्दीका कारण करिब दुई वर्ष रोकिएको थियो ।




