प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टा लामो ओलीका मिटिङ

`

     २०८१ ज्येष्ठ ३० गते ६:५३

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्री भेट्न सिंहदरबार आएका ओली–प्रचण्डबीच डेढ घण्टा लामो छलफल भएको थियो । सो भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनको बारेमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका छन् । यसका लागि एमालेले एक जना मन्त्री फिर्ता बोलाउनुपर्ने प्रचण्डको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?