सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

`

     २०८१ ज्येष्ठ २९ गते ३:५४

काठमाडौँ, २९ जेठ । राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् ।

सभाको आजको बैठकको शून्य समयमा सांसद कमला पन्तले भनिन्, “हामी संसद्मा जनजीविकाबारे बोल्छौ तर कुनै पनि विषयमा सरकारले सुनवाइ गरेको जस्तो लाग्दैन ।” उनले सांसदले उठाएका विषयमा सातामा एकपटक भए पनि सरकारले जवाफ दिनुपर्ने माग गरिन् ।

सांसद कृष्णप्रसाद पौडेलले मौसमविद्हरुले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने भनेर विश्लेषण गरेको र तराईमा बाढी र डुबानका कारण करिब १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको बताए । साथै उनले बाढी पहिरोको उच्च जोखिममा भएका नागरिकलाई सरकारले सुसुचित गरिएको भएपनि जनधनको क्षति न्यूनीकरण गर्ने योजना के छ रु भनी प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?