काठमाडौं, १७ जेष्ठ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका हुन् ।
कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव छन् ।




