गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता

`

     २०८१ ज्येष्ठ १४ गते ३:२१

काठमाडौं, जेठ १४ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सोमबार अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?