कांग्रेसले सहकारी ठगी प्रकरणमा आफ्ना भातृसंस्थालाई सडकमा उतारे

`

     २०८१ ज्येष्ठ ०२ गते १:४२

काठमाडौँ, जेठ २ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा आफ्ना भातृसंस्थालाई सडकमा उतारेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

प्रदर्शनमा ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, रवि दाइ, खै जिवी राई ? ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्ले कार्ड प्रदर्शन गदै नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?