काठमाडौं, २ जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णय विरुद्ध दायर गरेको रिटमा सुनुवाइ हुँदैछ ।
आफ्नो दल विभाजन गरी अशोक राई नेतृत्वको नयाँ दल जसपालाई वैधानिकता दिएपछि आयोगको निर्णयविरुद्ध उपेन्द्र सोमबार सर्वोच्च पुगेका थिए । उनले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश विनोद शर्माको एकल इजलासको तेस्रो नम्बरमा पेशी तोकिएको छ ।
रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो ।




