कोशीका सांसद निर्मला अशोक राईको पक्षमा

`

     २०८१ ज्येष्ठ ०१ गते १:५९

काठमाडौं, १ जेष्ठ । कोशी प्रदेशसभाका सांसद निर्मला लिम्बू नवगठित जनता समाजवादी पार्टीमा खुलेकी छन् । प्रदेश निर्वाचन कार्यालय पुगेर निर्मलाले अशोक राईको नेतृतवमा बनेको नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेका हुन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो । यसअघि पटकपटक मन्त्री बनिसकेका उनी समानुपातिक सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?