काठमाडौं, २३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गते पेशी तोकिएको छ ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए । उनको उक्त पुनरावेदन मुद्दामा आज पेशी भएपनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको थियो ।




