advertisement

सूचना दिनको लागि फोन नम्बर १६६००१२२१११, आयोगको फोन नम्बर ०१५०१०१९६ र ०१५०१०१७९ मा निशुल्क फोन गर्न सकिनेछ । भने ciedpnepal@gmail.com वा info@ciedpgov.np मा इमेल गर्न सकिने आयोगले जनाएकाे छ ।

https://drive.google.com/file/d/1I5sMRh0OcXMeA3ZVz_76ysX_VfCeetyV/view

" /> सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको बारेमा जानकारी दिन आयोगकाे अनुरोध - Sarbocha Media

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको बारेमा जानकारी दिन आयोगकाे अनुरोध

`

     २०७६ चैत्र ०४ गते ६:२८

काठमाडौं, ४ चैत। विसं २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिकोबारेमा खोजी गर्ने कार्य अगाडि बढेको छ ।

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठन गरिएको आयोगले सो व्यक्तिहरुकोबारेमा कुनै जानकारी भए ललितपुरको पुल्चोकमा रहेको आयोगको कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।

सूचना दिने व्यक्तिको नाम गोप्य राखिने जनाइएको छ।  बेपत्ता पारिएका दुई हजार पाँच सय ६ जना व्यक्तिको खोजी गरिदिन आयोगमा निवेदन परेको बताइएको छ ।

advertisement

सूचना दिनको लागि फोन नम्बर १६६००१२२१११, आयोगको फोन नम्बर ०१५०१०१९६ र ०१५०१०१७९ मा निशुल्क फोन गर्न सकिनेछ । भने ciedpnepal@gmail.com वा info@ciedpgov.np मा इमेल गर्न सकिने आयोगले जनाएकाे छ ।

https://drive.google.com/file/d/1I5sMRh0OcXMeA3ZVz_76ysX_VfCeetyV/view

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?