advertisement

हालसम्म इटालीमा कोरोनाका कारण २ हजार १५८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ सोमबार मात्रै ३४९ जनाले ज्यान गुमाएका छन् । आइतबार ३९६ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म इटालीमा कोरोनाको संक्रमण हुनेको संख्या २७ हजार ९८० पुगेको छ ।

इरानमा अहिलेसम्म ८५२ जनाको मृत्यु भएको छ, जसमध्ये १२९ जना सोमबार मात्रै मरेका छन् । अहिलेसम्म स्पेनमा ३४२ को मृत्यु भएको छ । बेलायतमा पनि पछिल्लो एकै दिनमा २० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५५ पुगेको छ ।

नेपालमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन । भाइरस अहिले विश्वका १ सय ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

" /> विश्वभर कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, सङ्क्रमितको संख्या १ लाख बढी - Sarbocha Media

विश्वभर कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, सङ्क्रमितको संख्या १ लाख बढी

`

     २०७६ चैत्र ०४ गते ५:४६

एजेन्सी, ४ चैत । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म ७ हजारको ज्यान लिएको छ ।

अहिलेसम्म कोरना भाइरसको संक्रमणबाट विश्वभर ७ हजार १७१ जनाको ज्यान गएको वर्ल्डो मिटरर्स डट इन्फोमा उल्लेख छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ८२ हजार नाघिसकेको छ ।

हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ७९ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ६ हजार १ यसभन्दा बढी जटिल अवस्थामा छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा ३ हजार २२६ जनाको ज्यान गइसकेको छ। तर अहिले भने चीनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भइसकेको घोषणासमेत गरेको छ ।

अहिलेसम्म चीनमा जम्मा ८० हजारमा संक्रमण देखिएको छ, त्यसमध्ये ६८ हजार पूर्ण रूपमा निको भएका छन् भने ३ हजार २ सय जना जटिल अवस्थामा रहेका छन् । अहिले चीनामा ८ हजार ९६७ जनामा मात्रै कोरोनाको संक्रमण रहेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

यस्तै चीनपछि दोस्रो धेरै संक्रमित र मृतक इटलीमा रहेका छन् भने त्यसपछि मध्यपूर्वको देश इरानमा यसको संक्रमण व्यापक बनेको छ । त्यसैगरी स्पेन, जर्मनी, फ्रान्स, अमेरिका दक्षिण कोरिया लगायत देशमा यसको प्रकोप बढी देखिएको छ ।

advertisement

हालसम्म इटालीमा कोरोनाका कारण २ हजार १५८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ सोमबार मात्रै ३४९ जनाले ज्यान गुमाएका छन् । आइतबार ३९६ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म इटालीमा कोरोनाको संक्रमण हुनेको संख्या २७ हजार ९८० पुगेको छ ।

इरानमा अहिलेसम्म ८५२ जनाको मृत्यु भएको छ, जसमध्ये १२९ जना सोमबार मात्रै मरेका छन् । अहिलेसम्म स्पेनमा ३४२ को मृत्यु भएको छ । बेलायतमा पनि पछिल्लो एकै दिनमा २० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५५ पुगेको छ ।

नेपालमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन । भाइरस अहिले विश्वका १ सय ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?