आजपाले बैशाख २० गते भन्सार विभाग घेर्ने

`

     २०८१ वैशाख १८ गते ६:३८

काठमाडौं, १८ बैशाख । प्रभु साह नेतृत्वको आम जनता पार्टीले यही बैशाख २० गते भन्सार विभाग घेर्ने भएको छ । आजपाको काठमाडौं उपत्यकाविशेष कमिटीको बैठकले वैशाख २० गते भन्सार बिभाग घेराऊ गर्ने निर्णय गरेको हो ।

आजपाले विगत लामो समयदेखि भन्सारको लुटकारी प्रावधान खारेजीको माग राखेर आन्दोलन गर्दै आएको छ । तर, राज्यले आफूहरुको माग सुनुवाई नगरेको भन्दै अब निर्णायक संघर्ष गर्न लागिएको आजपाकी पार्टी कार्यालय सचिव रञ्जु साहले जनाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?