दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र

`

     २०८१ वैशाख १८ गते ५:१७

काठमाडौँ, बैशाख १८ । राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएको छ ।

करिब सात महिना पहिले २०७६ देखि भरिएको राष्ट्रिय परिचयपत्र आए पनि मानिस लिन नआउँदा राष्ट्रिय परिचयपत्र दराजमै थन्किएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयमा १५ हजार थान राष्ट्रिय परिचयपत्र आए पनि हालसम्म जम्मा एक हजार तीन सय २५ जनाले मात्रै लगेको राष्ट्रिय परिचयपत्र शाखाका कम्युटर अपरेटर प्रताप पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?