एसईई उत्तरपुस्तिका परीक्षण सुरु

`

     २०८१ वैशाख १३ गते १:२८

काठमाडौँ, वैशाख १३ । शिक्षक आन्दोलनले रोकिएको काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौंमा मंगलबारदेखि एसईईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए ।

शिक्षक संगठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?