साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

`

     २०८१ वैशाख ०४ गते ५:२७

काठमाडौँ, बैशाख ४ । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ ।

पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?