काठमाडौँ, २ वैशाख । दाङमा भोलिदेखि मिडिया महोत्सवको आयोजना गरिएको छ । पत्रकार महासङ्घ दाङको आयोजनामा घोराहीमा आयोजित यस महोत्सवमा पत्रकारिता, मिडिया र विविध सञ्चार सेवाका विषयमा बहस तथा छलफल हुने बताइएको छ ।
यस कार्यक्रममा मिडियासम्बन्धी सरोकारवाला व्यक्ति तथा निकायको सहभागिता रहने जनाइएको छ । मिडिया क्षेत्रका विज्ञ तथा वरिष्ठ पत्रकारहरू, मिडियाका अनुसन्धानदाता तथा जनप्रतिनिधिहरूको सो सम्मेलनमा सहभागिता रहने आयोजकले जनाएका छन् ।



