चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता

`

     २०८० चैत्र २८ गते ४:२३

२८ चैत । चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ ।

“राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,” चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ ।

बेइजिङ र ताइपेइमा उनीहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?