भिक्षुमाथि लात्ती हान्ने काम भएको छ : लिङ्देन

`

     २०८० चैत्र २५ गते ६:०७

काठमाडौं, चैत २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यही चैत्र २७ गते पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताएका छन्।

उनले चैत २७ गते बिहान ११ बजे भृकुटीमण्डबाट प्रदर्शन सुरू गरिने बताए। उनले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।

‘सरकारले जुलुसलाई अवरोध गर्ने काम नगरोस्,’ आइतबार धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई के भन्न चाहन्छु भने निषेधित क्षेत्र घोषणा गरेका छन्। भिक्षुमाथि लात्ती हान्ने काम भएको छ, म निन्दा गर्दछु।’

उनले निषेधित क्षेत्रका नाममा प्रदर्शन गर्न सरकारले रोके तोडेर अघि बढ्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?