काठमाडौँ, २२ चैत । महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप विस्फोट भएर ठुलो आवाज सुनिएको छ । आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ ।
कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप विस्फोट भएर आवाज सुनिएको प्रहरी वृत्त महाराजगन्जका डीएसपी अमर थापाले जानकारी दिए ।




