मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

`

     २०८० चैत्र १५ गते २:१७

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देशबिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षबिच कुराकानी भएको छ ।

भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई महत्त्व दिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?