नवलपरासीबाट गगन थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

`

     २०८० चैत्र १५ गते १०:३९

काठमाडौँ, १५ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोस्रो चरणको संवाद यात्रा आजदेखि नवलपरासीको गौरीगञ्जबाट सुरु गरेका छन् । बिहीबार बिहान बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले संवाद यात्रा सुरु गरेका हुन् ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा बिहीबार, शुक्रबार र शनिबार नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?