धनगढीका मेयरलाई ‘धम्की दिने’ व्यक्तिले विष खाए

`

     २०८० चैत्र ०६ गते २:२०

काठमाडौ, ६ चैत्र । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई धम्की दिने व्यक्तिले विष सेवन गरेका छन् । मंगलबार बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा वडा नम्बर ६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् ।

रानाले आफूलाई ह्वाट्सएम मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?