धनगढी, चैत ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।
मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले लामिछानेको बचाउ गर्दै कांग्रेसले लामिछानेलाई बद्नाम गराउने खेलमा लागेको आरोप समेत लगाएका छन् ।
काँग्रेसले सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेका लामिछाने पदबाहिर रहेर अनुसन्धानलाई सघाउनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।




