काठमाडौँ, चैत ५ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-१ मा २० वटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो ।
यस्तै निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।




