दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

`

     २०८० चैत्र ०५ गते ४:१३

पोखरा, चैत ५ । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरूङ ‘दीपक मनाङ’ ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नै मन्त्री नियुक्त गरेका थिए । योसहित मनाङे चौथो पटक प्रदेशमा मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?