शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित

`

     २०८० चैत्र ०५ गते २:०४

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?