प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

`

     २०८० फाल्गुन ३० गते ४:०५

काठमाडौं, फाल्गुण ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार भएको विश्वासको मतमाथिको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो । मत दिन्नमा एक मत खसेको छ । त्यस्तै मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो । प्रधानमन्त्रीलाई विश्वासका लागि १३७ सांसदको मत आवश्यक थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस २६ र २०७९ चैत्र ६ गते विश्वासको मत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?