पदाधिकारीमाथिको आक्रमण अपराधिक घटना हो: अध्यक्ष लिङदेन

`

     २०८० फाल्गुन २७ गते ६:२८

काठमाडौं, फाल्गुण २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणलाई अपराधिक घटना भएको बताएका छन् ।

उनले भने -झडप अप्रत्याशित रुपमा भयो । किन भयो भन्ने कुराको खोजीनीति पनि भइराखेको छ । त्यो राजनीतिक र पदाधिकारीबीचको विवाद भन्दापनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ । र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ । पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्याशित रुपमा जुन आक्रमण भएको छ, सीसीटीभी फुटेज, अन्य सञ्चार माध्यममा आएको भिडिओ समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ । त्यो नितान्त अपराधिक घटना हो । त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?