काठमाण्डौं, फागुन २७ । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निस्कर्षमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरी संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे।
‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ।’
उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देशहरु पनि सहयोगका लागि तत्पर रहेको पाएको बताए।




