यो तहको पीडा, छटपटी र बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन

`

     २०८० फाल्गुन २४ गते २:२०

काठमाडौं,२४ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ताबाट च्युत भएको नेपाली कांग्रेसमा निक्कै बेचैनी र छटपटी देखिएको भन्दै व्यंग्य गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले सो बताएका हुन् । उनले आगामी निर्वाचनमा अहिलेको जस्तो परिदृश्य नदेखिने पनि जिकिर गरे । एमालेले मिसन ०८४ भन्दै आउँदो निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने बताउँदै आएको छ । पौडेलले त्यहीतर्फ संकेत गरेका हुन् ।

‘कांग्रेसमा यो तहको पीडा, छटपटी, बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन,’ उनले भने । दलहरुका बिचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?