नेपाल सरकारको प्रवक्ताको जिम्मा मन्त्री शर्मालाई

`

     २०८० फाल्गुन २४ गते १२:१४

काठमाडौ, २४ फागुन । नेपाल सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई दिएको छ । नवगठित मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो ।

बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ ओमन (सिएसडब्ल्यू) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?