काठमाडौँ, २३ फागुन । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ ।
सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई वार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिए लगत्तै नेताहरू प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् ।




