सम्मानजनक प्रस्ताव आए हाम्रो पार्टी सरकारमा जान अस्वीकार गर्दैनौं : झलनाथ खनाल

`

     २०८० फाल्गुन २२ गते ४:३२

काठमाडौं, फागुन २२ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धनबाट औपचारिक प्रस्ताव आए पार्टी सरकारमा सामेल हुन सक्ने बताएका छन्।

उनले गठबन्धनले एकीकृत समाजवादीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने पनि बताए।

उनले पार्टीको सचिवालय बैठक बुधबार बिहान बस्ने पनि बताए।

‘हामीसँग पनि वार्ता भयो र एउटा सम्मानजनक ढंगले सहमतिमा जाऔं भन्ने खालका कुरा आयो भने त्यसलाई हामीले अस्वीकार गर्दैनौं,’ खनालले डल्लुस्थित निवासमा मंगलबार भने, ‘यसलाई सकारात्मक ढंगले नै लिन्छौं। तर हामीलाई संलग्न गरिदिनोस् भनेर त्यो याचना गर्न जाँदैनौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?