कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो : केपी शर्मा ओली

`

     २०८० फाल्गुन २० गते ४:४३

काठमाडौं, फागुन २० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन्।

पार्टीका सांसदहरूलाई आइतबार प्रशिक्षण दिँदै अध्यक्ष ओलीले कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए।

‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ, दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो। निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो, निजी क्षेत्रलाई पनि सिध्याइदियो,’ अध्यक्ष ओलीले भने।

बाँसबारी छालाजुत्ता कारखाना र हेटौँडा कागज कारखानाको उदाहरण दिँदै उनले ती उद्योग नचलेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?